सीधै सामग्रीमा जाने

प्रयोगका सर्तहरू

प्रयोगका सर्तहरू

तपाईँलाई स्वागत छ!

यो वेबसाइट प्रयोग गरेर तपाईँ परमेश्‍वर, बाइबल र यहोवाका साक्षीहरूबारे अझ धेरै थाह पाउन सक्नुहुन्छ। तपाईँलाई चासो लाग्ने विषयहरू पढ्‌न, हेर्न र डाउनलोड गर्न सक्नुहुन्छ। अरूले पनि यस वेबसाइटबाट लाभ उठाऊन्‌ भन्‍ने हामी चाहन्छौँ तर कृपया यसमा भएको कुनै पनि सामग्री अरू वेबसाइट वा एप्लिकेसनमा पुनरुत्पादन नगर्नुहोस्‌। तपाईँले सिक्नुभएको कुरा अरूसित बाँड्‌न चाहनुहुन्छ भने तल दिइएका प्रयोगका सर्तहरूमा बताइएअनुसार हाम्रो वेबसाइटको ठेगाना दिन सक्नुहुन्छ।

प्रतिलिपि अधिकार

२०२४ Watch Tower Bible and Tract Society of Pennsylvania, Inc. सर्वाधिकार सुरक्षित।

यो वेबसाइट प्रकाशन गर्ने तथा वेबसाइटमा कुनै पनि छाँटकाँट गर्ने काम Watchtower Bible and Tract Society of New York, Inc. (“वाचटावर”) ले गर्छ। अन्यथा उल्लिखित नभए यस वेबसाइटमा भएका सम्पूर्ण लेख तथा अन्य जानकारी Watch Tower Bible and Tract Society of Pennsylvania (“वाच टावर”) का बौद्धिक सम्पत्ति हुन्‌।

          ट्रेडमार्क

एडोबी, एडोबी लोगो, एक्रोब्याट तथा एक्रोब्याट लोगो एडोबी सिस्टम्स इन्कर्पोरेटेडका (Adobe Systems Incorporated) ट्रेडमार्क हुन्‌। आइट्युन्स र आइपड एप्पल इन्कर्पोरेटेडका (Apple Inc.) ट्रेडमार्क हुन्‌। अन्य सबै ट्रेडमार्कहरू तथा दर्ता गरिएका ट्रेडमार्कहरू सम्बन्धित संस्थाका सम्पत्ति हुन्‌। माइक्रोसफ्ट, माइक्रोसफ्ट लोगोका साथै माइक्रोसफ्ट सफ्टवेयर र त्यसको उत्पादन जस्तै: माइक्रोसफ्ट अफिस र माइक्रोसफ्ट अफिस 365 माइक्रोसफ्ट इन्कर्पोरेटेडका (Microsoft Inc.) ट्रेडमार्क हुन्‌। एन्ड्रोइड गुगल एलएलसिको ट्रेडमार्क हो। एन्ड्रोइड रोबोट गुगलद्वारा निर्मित वा गुगलले उपलब्ध गराएका स्रोतमा आधारित भएर पुनरुत्पादन वा छाँटकाँट गरिन्छ। यसको प्रयोग Creative Commons 3.0 Attribution License-मा (https://creativecommons.org/licenses/by/3.0/us/) बताइएका सर्तहरूअनुसार प्रयोग गरिन्छ। अन्य सबै ट्रेडमार्क तथा दर्ता गरिएका ट्रेडमार्कहरू सम्बन्धित संस्थाका सम्पत्ति हुन्‌।

प्रयोगका सर्तहरू र वेबसाइट चलाउनको लागि अनुमति

यो वेबसाइट तपाईँले कसरी प्रयोग गर्नुपर्छ भनेर प्रयोगका सर्तहरूले निर्धारण गर्छ। यो वेबसाइट चलाउँदा तपाईँले ‘प्रयोगका सर्तहरू’ र ‘प्रयोगका थप सर्तहरू’-लाई (समग्रमा यी सबै “प्रयोगका सर्तहरू” हुन्‌) पूर्ण रूपमा स्विकार्नुभएको हुनेछ। यदि तपाईँ यहाँ दिइएका प्रयोगका सर्तहरूसित अथवा प्रयोगका सर्तहरूको कुनै भागसित सहमत हुनुहुन्‍न भने यो वेबसाइट प्रयोग नगर्नुहोस्‌।

यस वेबसाइटको उचित प्रयोग गर्नुमा के-के समावेश छ? यो वेबसाइट प्रयोग गर्दा तपाईँले तल उल्लेख गरिएका निषेधित कुराहरूको अधीनमा रहेर निम्न कामहरू गर्न सक्नुहुन्छ:

  • यस वेबसाइटबाट व्यक्‍तिगत प्रयोगका लागि अथवा गैर-व्यापारिक प्रयोजनका लागि वाचटावरको प्रतिलिपि अधिकारद्वारा सुरक्षित चित्र, इलेक्ट्रोनिक प्रकाशन, सङ्‌गीत, तस्बिर, लेख वा भिडियो हेर्न, डाउनलोड गर्न र छाप्न सक्नुहुन्छ।

  • यस वेबसाइटमा भएका डाउनलोड गर्न मिल्ने प्रकाशन, भिडियो अथवा श्रव्य सामाग्रीको इलेक्ट्रोनिक प्रति वा वेबसाइटको लिङ्‌क अरूसित बाँड्‌न सक्नुहुन्छ।

निम्न कुराहरू गर्न निषेध गरिएको छ:

  • यस वेबसाइटमा भएका तस्बिर, इलेक्ट्रोनिक प्रकाशन, ट्रेडमार्क, सङ्‌गीत, तस्बिर, लेख अथवा भिडियो इन्टरनेटमा (जुनसुकै वेबसाइट, फाइल सेयरिङ साइट, भिडियो सेयरिङ साइट अथवा सोसियल नेटवर्कमा) पोस्ट गर्न निषेध गरिएको छ।

  • यस वेबसाइटमा भएका तस्बिर, इलेक्ट्रोनिक प्रकाशन, ट्रेडमार्क, सङ्‌गीत, तस्बिर, भिडियो अथवा लेख सिधै वा कुनै सफ्टवेयर एप्लिकेसनको भागको रूपमा (कुनै सफ्टवेयर एप्लिकेसनको प्रयोगको लागि यस्ता सामाग्रीहरू सर्भरमा अपलोड गर्न समेत) वितरण गर्न निषेध गरिएको छ।

  • यस वेबसाइटमा भएका तस्बिर, इलेक्ट्रोनिक प्रकाशन, ट्रेडमार्क, सङ्‌गीत, तस्बिर, लेख अथवा भिडियो सामाग्री व्यापारिक प्रयोजनको लागि (मुनाफा नलिईकन समेत) पुनरुत्पादन गर्न, नक्कल गर्न, प्रतिलिपि बनाउन वा अरू कुनै तरिकामा दुरुपयोग गर्न निषेध गरिएको छ।

  • हाम्रो वेबसाइटमा भएका सामाग्रीहरू सङ्‌कलन गर्ने, कपी गर्ने, डाउनलोड गर्ने, एक्सट्र्याक्ट गर्ने, हारभेस्ट गर्ने अथवा डाटा, HTML, तस्बिर तथा चित्र स्क्र्‌याप गर्ने कुनै पनि सफ्टवेयर एप्लिकेसन, टुल वा प्रणाली वितरण गर्ने उद्देश्‍यले बनाउन निषेध गरिएको छ। (यस वेबसाइटको सार्वजनिक क्षेत्रमा भएका EPUB, PDF, MP3 र MP4 जस्ता इलोक्ट्रोनिक फाइलहरू डाउनलोड गर्न तयार पारिएका निश्‍शुल्क र गैर-व्यावसायिक एप्लिकेसनहरू वितरण गर्न निषेध गर्दैन।)

  • यो वेबसाइट अथवा यसका सेवाहरूको दुरुपयोग गर्न निषेध गरिएको छ। जस्तै: स्पष्ट उल्लिखित तरिकाबाहेक अन्य तरिकामा यो वेबसाइट र यसका सेवाहरू चलाउन वा त्यसमा बाधा पुऱ्‍याउन निषेध छ।

  • यस वेबसाइटलाई क्षति पुग्ने वा पुऱ्‍याउने, यसको प्रयोगमा वा यस वेबसाइटमा प्रवेश गर्न बाधा पुऱ्‍याउने वा पुऱ्‍याउन सक्ने तरिकामा यो वेबसाइट चलाउन निषेध गरिएको छ। साथै अवैध, गैर-कानुनी, जालसाजी वा हानिकारक तरिकामा अथवा अवैध, गैर-कानुनी, जालसाजी वा हानिकारक उद्देश्‍य वा कामको लागि यो वेबसाइट चलाउन निषेध छ।

  • कुनै पनि किसिमको व्यापारिक प्रयोजनको लागि यस वेबसाइटमा भएका चित्र, इलेक्ट्रोनिक प्रकाशन, ट्रेडमार्क, सङ्‌गीत, तस्बिर, लेख अथवा भिडियो प्रयोग गर्न निषेध गरिएको छ।

  • यो वेबसाइटले गुगल म्याप्स सर्भिसेज प्रयोग गर्छ, जुन तेस्रो पक्ष सेवा प्रदायक हो र हाम्रो निगरानीमा छैन। यस वेबसाइटमा गुगल म्याप्स चलाउँदा अहिलेको गुगल म्याप्स/गुगल अर्थको प्रयोगका थप सर्तहरू लागू हुन्छन्‌। त्यसका प्रयोगका सर्तहरूको नवीनतम जानकारीबारे हामीलाई थाह छैन। त्यसैले गुगल म्याप्स सर्भिसेज प्रयोग गर्नुअघि ती सर्तहरू हेर्नुहोस्‌। ती प्रयोगका सर्तहरूसित सहमत हुनुहुन्‍न भने गुगल म्याप्स सर्भिसेज प्रयोग नगर्नुहोस्‌। प्रयोगकर्ताको जानकारी गुगल म्याप्सले यस वेबसाइटमा पठाउँदैन।

मेडिकल भाग

यस वेबसाइटको मेडिकल भागमा राखिएको विषयवस्तु जानकारीको लागि मात्र हो। यसमा उपचारसम्बन्धी परामर्श पाइँदैन न त यो व्यावसायिक रूपमा स्वास्थ्यसम्बन्धी परामर्श दिने, रोग निर्धारण गर्ने वा कुनै उपचार गर्ने वैकल्पिक स्रोत हो। मेडिकल भागले कुनै विशेष परीक्षण, डाक्टर, विधि, विचार वा अन्य जानकारीलाई सिफारिस गर्ने अथवा समर्थन गर्ने गर्दैन।

तपाईँसित स्वास्थ्य वा उपचारसम्बन्धी कुनै प्रश्‍न छ भने सधैँ डाक्टर वा अन्य दक्ष स्वास्थ्यकर्मीहरूसित सल्लाह लिनुहोस्‌।

यस वेबसाइटले मेडिकल भागमार्फत सही र नयाँ-नयाँ जानकारी प्रदान गर्ने हरसम्भव प्रयास गर्छ। तथापि, यस भागमा तपाईँले पाउनुहुने जानकारी “यथावत्‌” उपलब्ध गराइन्छ र यसले सिधै वा अप्रत्यक्ष रूपमा कुनै किसिमको वाचा गर्दैन अथवा वारेन्टी दिँदैन। यस वेबसाइटले मेडिकलसित सम्बन्धित सबै प्रकारका प्रत्यक्ष वा अप्रत्यक्ष वारेन्टीलाई अस्वीकार गर्छ, जसमा व्यापारिक र निश्‍चित उद्देश्‍य पूरा गर्ने वारेन्टी पनि समावेश छ। यस वेबसाइटले मेडिकल भागमार्फत दिने कुनै पनि जानकारी विश्‍वसनीय, सही, समयानुकूल, उपयोगी र पूर्ण छ भन्‍ने कुराको वारेन्टी दिँदैन। मेडिकल भागको विषयवस्तुमा कुनै त्रुटि भएको वा त्यसमा कुनै जानकारी समावेश गर्न छुटेको खण्डमा यो वेबसाइट जिम्मेवार नभएको दाबी गर्छ। यस भागमा दिइएको जानकारीमा कतिसम्म भर पर्ने भनेर व्यक्‍ति स्वयम्‌ले निर्णय गर्नुपर्छ। मेडिकल भाग प्रयोग गर्दा वा प्रयोग गर्न नसक्दा कुनै नोक्सानी वा क्षति (यीलगायत अन्य नोक्सानी वा क्षति समावेश छ: आकस्मिक र अन्य परिणामस्वरूप, व्यक्‍तिगत क्षति/असामयिक मृत्यु, मुनाफाको नोक्सानी वा डाटा हराएर भएको क्षति वा व्यवसायमा पुगेको बाधा) भएमा कुनै पनि अवस्थामा यो वेबसाइट त्यसको लागि जिम्मेवार छैन, चाहे त्यो नोक्सानी वा क्षति कुनै वारेन्टी, सम्झौता, हक-अधिकार वा अन्य कानुनी सिद्धान्तमा आधारित नै किन नहोस्‌ अनि चाहे यस्तो सम्भाव्य नोक्सानी र क्षतिबारे यस वेबसाइटलाई जानकारी दिइएको होस्‌ या नहोस्‌।

वारेन्टीको अस्वीकार र दायित्वको सीमा

यो वेबसाइट र यसमा भएका सबै जानकारी, सामाग्री र अन्य सेवाहरू वाचटावरमार्फत “यथावत्‌” उपलब्ध गराइन्छ। वाचटावरले सिधै वा अप्रत्यक्ष रूपमा कुनै किसिमको वाचा गर्दैन अथवा वारेन्टी दिँदैन।

यो वेबसाइट भाइरसमुक्‍त छ वा यसमा अन्य कुनै किसिमको हानिकारक तत्वहरू छैन भनेर वाचटावरले वारेन्टी दिँदैन। यस वेबसाइटमार्फत दिइएको कुनै सेवा वा यसमा उपलब्ध कुनै जानकारी, सामाग्री वा उपलब्ध अन्य सेवाबाट कुनै नोक्सानी भएमा वाचटावर त्यसको लागि जिम्मेवार छैन, चाहे त्यो नोक्सानी प्रत्यक्ष, अप्रत्यक्ष, आकस्मिक, दण्ड पाउन लायकको वा अन्य परिणामस्वरूप (मुनाफाको नोक्सान समेत) होस्‌।

प्रयोगका सर्तहरूको उल्लङ्‌घन

प्रयोगका यी सर्तहरूअन्तर्गत अन्य अधिकारहरूलाई प्रतिकूल प्रभाव नपारी यदि तपाईँले जुनसुकै तरिकामा प्रयोगका सर्तहरूको उल्लङ्‌घन गर्नुभयो भने वाचटावरले सोहीबमोजिम आफूलाई उचित लागेअनुसार कारबाही गर्न सक्छ। जस्तै: केही समयको लागि तपाईँलाई यो वेबसाइट चलाउन नदिने, तपाईँलाई सधैँका लागि यो वेबसाइट चलाउन निषेध गर्ने, तपाईँको आइपी ठेगाना प्रयोग गर्ने कम्प्युटरलाई यस वेबसाइटमा एक्सेस गर्न नदिन ब्लक गर्ने, तपाईँको इन्टरनेट सेवा प्रदायकलाई सम्पर्क गरी तपाईँलाई हाम्रो वेबसाइट प्रयोग गर्न निषेध गर्न आग्रह गर्ने र/अथवा तपाईँविरुद्ध कानुनी कारबाही अघि बढाउने।

संशोधन

वाचटावरले समय-समयमा वेबसाइटको प्रयोगका सर्तहरू संशोधन गर्न सक्छ। संशोधित नियम तथा सर्तहरू यस वेबसाइटमा प्रकाशित गरिएको मितिदेखि नै लागू हुनेछ। त्यसैले यो पृष्ठ नियमित रूपमा पढ्‌नुहोस्‌ र वेबसाइटको प्रयोगका सर्तहरूमा भएका परिवर्तनहरूबारे जानकारी राख्नुहोस्‌।

कानुन र क्षेत्राधिकार

यहाँ दिइएका वेबसाइटको प्रयोगसम्बन्धी नियम तथा सर्तहरू अमेरिकाको न्यु योर्क राज्यको कानुनअनुसार अर्थ्याइने र लागू गरिनेछ। कुनै पनि विवाद उत्पन्‍न भएमा सो राज्यको कानुनको मान्यता सबैभन्दा माथि रहनेछ। वेबसाइटको प्रयोगसम्बन्धी नियम तथा सर्तहरूविरुद्ध कुनै कानुनी कारबाही अघि बढाउनु परेमा अमेरिकाको न्यु योर्क राज्यको क्षेत्राधिकारमा पर्ने राज्य वा सङ्‌घीय अदालतमा कारबाही अघि बढाइनेछ।

पृथक्करण

यहाँ दिइएका प्रयोगका सर्तहरूमध्ये कुनै एउटालाई उस्तै क्षेत्राधिकार भएको कुनै अदालतले रद्द गरेमा अथवा अवैधानिक, लागू गर्न नसकिने वा गैर-कानुनी ठहर गरेमा अरू नियम तथा सर्तहरू भने लागू भइरहनेछ। वाचटावरले यहाँ दिइएका प्रयोगका सर्तहरूमध्ये कुनै एउटालाई तत्काल लागू गर्न सकेन भने वाचटावरले सो नियम वा सर्त लागू गर्न छोड्यो अथवा सो नियम वा सर्त लागू गर्ने वाचटावरको अधिकार समाप्त भयो भन्‍ने अर्थ लाग्नेछैन।

समग्र सम्झौता

यहाँ दिइएका प्रयोगका सर्तहरूले यो वेबसाइट चलाउने सन्दर्भमा तपाईँ र वाचटावरबीचको सम्पूर्ण सम्झौतालाई ढाक्छ र यो वेबसाइट चलाउने सन्दर्भमा पहिले भएका सम्पूर्ण सम्झौताहरूलाई रद्द गर्छ।