सीधै सामग्रीमा जाने

पृथ्वीमा शान्ति कसरी छाउनेछ?

पृथ्वीमा शान्ति कसरी छाउनेछ?

बाइबलको जवाफ

 कुनै मानिसले पृथ्वीमा शान्ति ल्याउन सक्दैन। तर परमेश्‍वरको राज्यले सक्छ। यो राज्य स्वर्गमा स्थापित सरकार हो र यसको राजा येशू ख्रीष्ट हुनुहुन्छ। पृथ्वीमा शान्ति छाउने सुन्दर आशाबारे बाइबलमा के बताइएको छ, विचार गर्नुहोस्‌।

  1.  १.परमेश्‍वरले ‘पृथ्वीको अन्तसम्मै युद्धहरू रोक्नुहुन्छ’ र “पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति” दिने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ।—भजन ४६:९; लूका २:१४.

  2.  २.परमेश्‍वरको राज्यले स्वर्गबाट पूरै पृथ्वीमा शासन गर्नेछ। (दानियल ७:१४) सारा संसारभरि एउटै सरकार हुनेछ र यसले युद्धहरूको जड राष्ट्रवादलाई नामेट पारिदिनेछ।

  3.  ३.परमेश्‍वरको राज्यको राजा येशूलाई “शान्तिका राजकुमार” भनिएको छ। उहाँको शासनमा “शान्तिको वृद्धिको अन्तचाहिं कहिल्यै हुनेछैन।”—यशैया ९:६, ७.

  4.  ४.लडाइँ-झगडा गर्ने मानिसहरूको लागि त्यस राज्यमा कुनै ठाउँ हुनेछैन। किनभने “अत्याचार निको मान्‍नेलाई [परमेश्‍वरको] आत्माले घृणा गर्छ।”—भजन ११:५; हितोपदेश २:२२.

  5.  ५.परमेश्‍वरले आफ्नो प्रजालाई शान्तिमा रहन सिकाउनुहुन्छ। यसले गर्दा हासिल हुने राम्रो नतिजाबारे बाइबल यसो भन्छ, “तिनीहरूले आफ्ना-आफ्ना तरवार पिटेर हलोको फाली र भालाचाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अबउप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”—यशैया २:३, ४.

 विश्‍वभरका लाखौं यहोवाका साक्षीले कसरी शान्ति कायम गर्ने भनेर परमेश्‍वरबाट सिकिरहेका छन्‌। (मत्ती ५:९) हामी २३० भन्दा धेरै मुलुकका अनि विभिन्‍न जातिका भए तापनि अरू मानिसहरूको विरुद्धमा हतियार उठाउँदैनौं।

यहोवाका साक्षीहरू एक-आपसमा शान्ति कायम गर्न सिक्दै छन्‌