सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युद्धमा प्रयोग गरिने सबै हातहतियार नाश गरिनेछ

बाइबल के भन्छ?

बाइबल के भन्छ?

के पृथ्वीमा कहिल्यै शान्ति होला?

तपाईं के भन्नुहुन्छ?

  • हुन्छ

  • हुँदैन

  • खै, के थाह

बाइबल के भन्छ?

येशू ख्रीष्टले पृथ्वीमा शासन गर्नुहुँदा “जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ” अर्थात्‌ पृथ्वीमा सधैंभरि शान्ति छाउनेछ।—भजन ७२:७.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • दुष्ट मानिसहरूलाई पृथ्वीबाट हटाइनेछ। अनि नम्र मानिसहरू “प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।”—भजन ३७:१०, ११.

  • परमेश्वरले युद्धहरू रोक्नुहुनेछ।—भजन ४६:८, ९.

के अहिल्यै साँचो मनोशान्ति पाउन सम्भव छ?

कसै-कसैलाई . . . पृथ्वीमा दुःखकष्ट र अन्याय होउन्जेल साँचो मनोशान्ति पाउन सकिंदैन जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

परमेश्वरसित नजिक भयौं भने अहिले पनि “परमेश्वरको शान्ति” महसुस गर्न सक्छौं “जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ।”—फिलिप्पी ४:६, ७.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्वरले दुःखकष्ट र अन्याय हटाउने प्रतिज्ञा गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, “म सबै थोक नयाँ बनाउँदैछु।”—प्रकाश २१:४, ५.

  • “परमेश्वरको मार्गनिर्देशन” पछ्याएर हामी पनि मनोशान्ति पाउन सक्छौं।—मत्ती ५:३.