सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वफादार साथी कसरी भेट्टाउने?

वफादार साथी कसरी भेट्टाउने?

युवाहरूका लागि

वफादार साथी कसरी भेट्टाउने?

निर्देशन: यो हल्लाखल्ला नभएको शान्त ठाउँमा बसेर गर्नुहोस्‌। शास्त्रपदहरू पढ्‌दा आफू पनि त्यहीं भएको कल्पना गर्नुहोस्‌। दृश्‍य कल्पना गर्नुहोस्‌। आवाज सुन्‍नुहोस्‌। पात्रहरूको भावना महसुस गर्नुहोस्‌। पढिरहेको विवरणलाई जीवन्त बनाउनुहोस्‌।

मुख्य पात्रहरू: जोनाथन, दाऊद र शाऊल

सारांश: दाऊदले गोल्यतलाई मारेपछि जोनाथन दाऊदको सबैभन्दा मिल्ने साथी बन्छन्‌।

दृश्‍य केलाउनुहोस्‌।—१ शमूएल १७:५७–१८:११; १९:१; २०:१-१७, ४१, ४२ पढ्‌नुहोस्‌।

तपाईंले शाऊलको बाहिरी रूपबारे कस्तो कल्पना गर्नुभयो, वर्णन गर्नुहोस्‌। (छनक: १ शमूएल १०:२०-२३ हेर्नुहोस्‌) _______

_______

जोनाथनसँग भेट हुँदा दाऊद सम्भवतः किशोर थिए। दाऊद हेर्नमा कस्ता थिए होलान्‌? (छनक: १ शमूएल १६:१२, १३ हेर्नुहोस्‌) _______

_______

पहिलो शमूएल अध्याय २० को अन्तमा दाऊद र जोनाथन छुट्टिंदा उनीहरूको आवाजमा कस्तो भावनाहरूको आभास पाउनुभयो?

_______

गहिराइसम्म पुग्नुहोस्‌।

विवरणअनुसार “जोनाथन दाऊदसँग आत्मामा एक भए” वा कन्टेम्पररी इंग्लिश भर्सन-अनुसार “दाऊद र जोनाथन सबैभन्दा मिल्ने साथी भए।” (१ शमूएल १८:१, NRV) दाऊदका कस्ता गुणहरूले गर्दा जोनाथन तिनीतर्फ आकर्षित भए होलान्‌? (छनक: १ शमूएल १७:४५, ४६ हेर्नुहोस्‌।)

_______

दाऊद र जोनाथनको उमेरमा लगभग ३० वर्षको अन्तर थियो। तपाईंको विचारमा उमेरमा त्यति धेरै फरक भए तापनि कुन-कुन कुराले गर्दा उनीहरू “सबैभन्दा मिल्ने साथी” हुन सके?

_______

यस चाखलाग्दो विवरणमा देखाइएझैं साँचो साथीका केही विशेषताहरू के-के हुन्‌? (छनक: हितोपदेश १७:१७, NW; १८:२४ हेर्नुहोस्‌।)

_______

जोनाथनले आफ्ना बुबाप्रतिको वफादारितालाई भन्दा पनि दाऊदप्रतिको वफादरितालाई किन महत्त्व दिए?

_______

सिकेका कुराहरू लागू गर्नुहोस्‌। निम्न कुराहरूबारे के सिक्नुभयो, लेख्नुहोस्‌:

मित्रता।

_______

वफादारिता।

_______

पाको व्यक्‍तिहरूसित मित्रता।

_______

तपाईंले कसरी राम्रा साथीहरूलाई आफूतर्फ आकर्षित गर्न सक्नुहुन्छ?

_______

यस विवरणको कुन पक्ष तपाईंलाई सबैभन्दा अर्थपूर्ण लाग्यो र किन?

_______ (w10-E 07/01)

तपाईंसित बाइबल छैन भने, यहोवाका साक्षीहरूलाई भन्‍नुहोस्‌ वा हाम्रो वेब साइट www.watchtower.org मा पढ्‌नुहोस्‌।