सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँ यहोवाको इच्छाअनुसार चल्न चाहनुहुन्छ?

के तपाईँ यहोवाको इच्छाअनुसार चल्न चाहनुहुन्छ?

यो पुस्तिका अध्ययन गर्न समय निकाल्नुभएकोमा तपाईँलाई धन्यवाद छ। यसबाट तपाईँले यहोवाका साक्षीहरू को हुन्‌ भनेर चिन्‍न सक्नुभयो, हाम्रो गतिविधिबारे थाह पाउनुभयो र हाम्रो सङ्‌गठनले के-के गर्दै छ भनेर बुझ्न सक्नुभयो। आशा छ, आज यहोवाको इच्छाअनुसार चल्ने व्यक्‍तिहरू यहोवाका साक्षीहरू नै हुन्‌ भनेर बुझ्न तपाईँलाई यस पुस्तिकाले मदत गऱ्‍यो। परमेश्‍वरबारे ज्ञान लिइरहनुहोस्‌, आफूले सिकिरहेको कुराबारे आफ्नो परिवार र साथीभाइलाई बताउनुहोस्‌ र ख्रिष्टियन सभाहरूमा हामीसित नियमित तवरमा सङ्‌गत गरिरहनुहोस्‌ भनेर हामी तपाईँलाई विनम्र अनुरोध गर्न चाहन्छौँ।—हिब्रू १०:२३-२५.

यहोवा तपाईँलाई असाध्यै माया गर्नुहुन्छ। त्यसैले उहाँबारे जति धेरै सिक्नुहुन्छ, उहाँको प्रेम पनि त्यति नै धेरै महसुस गर्नुहुनेछ। त्यसपछि तपाईँ आफूले सकेजति उहाँलाई प्रेम गर्न उत्प्रेरित हुनुहुनेछ। (१ युहन्‍ना ४:८-१०, १९) तर परमेश्‍वरलाई प्रेम गरेको कुरा आफ्नो दैनिक जीवनमा कसरी देखाउन सक्नुहुन्छ? उहाँले तोक्नुभएको स्तरअनुसार जीवन बिताउँदा कसरी तपाईँकै भलो हुन्छ? अनि हामीसँगसँगै मिलेर यहोवाको इच्छाअनुसार चल्न तपाईँलाई केले जुरमुऱ्‍याउनेछ? तपाईँको बाइबल अध्ययन सञ्चालकले खुसीसाथ यी प्रश्‍नहरूको जवाफ दिनेछन्‌। त्यसपछि तपाईँ र तपाईँको परिवारले “अनन्त जीवन पाउने समयलाई पर्खुन्जेल . . . आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्न” सक्नुहुनेछ।—यहुदा २१.

आध्यात्मिक तवरमा अझै प्रगति गरिरहन हामी तपाईँलाई “परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌” भन्‍ने किताबबाट अध्ययन गर्न प्रोत्साहन दिन्छौँ।