यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!

इजकिएलको किताबमा शुद्ध उपासनाको पुनर्स्थापनासम्बन्धी थुप्रै भविष्यवाणी पाइन्छ। ती भविष्यवाणीहरूमा हामी कसरी मुछिएका छौँ?

परिचालक निकायको पत्र

यस प्रकाशनले यहोवा परमेश्‍वरलाई उहाँको मात्र हक लाग्ने कुरा दिन अर्थात्‌ उहाँलाई शुद्ध उपासना चढाउन तपाईँलाई मदत गरोस्‌ भन्‍ने हाम्रो मनैदेखिको चाहना छ।

शिक्षण पेटीका विशेषताहरू

शिक्षण पेटीहरू र समयरेखाहरूमा पाइने थप जानकारीले हामीलाई इजकिएलका भविष्यवाणीहरू अझ गहिरिएर बुझ्न मदत गर्छ।

अध्याय १

“तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ”

अदनको बगैँचामा विद्रोहको बिउ रोपेर सैतानले यहोवाको सार्वभौमिकता—उहाँको शासन गर्ने अधिकारमाथि प्रश्‍न खडा गऱ्‍यो। साथै शुद्ध उपासनामाथि आक्रमण पनि गऱ्‍यो।

अध्याय २

‘परमेश्‍वरले तिनीहरूको भेटी स्वीकार गर्नुभयो’

वफादार पुरुषहरूले बसालेको उदाहरणले परमेश्‍वरलाई हाम्रो उपासना स्वीकार्य हुन चाहिने चार वटा तत्त्व प्रकाश पार्छ।

अध्याय ३

“मैले परमेश्‍वरबाट दर्शन पाएँ”

आफूले देखेको पहिलो दर्शनले गर्दा इजकिएल आश्‍चर्यचकित हुन्छन्‌। तिनले दर्शनमा देखेको कुरा आजका वफादार सेवकहरूका लागि अत्यन्तै अर्थपूर्ण छ।

अध्याय ४

‘चार वटा अनुहार भएका जीवहरू’ को हुन्‌?

यहोवा परमेश्‍वरले इजकिएललाई नदेखिने तर वास्तविक कुराहरू बुझाउन दृश्‍य सामग्रीहरू प्रयोग गर्नुभयो, जसले गर्दा हामीले पनि ती बुझ्न सकेका छौँ। उहाँले त्यसो नगर्नुभएको भए हामीले त्यस्ता कुराहरू सजिलै बुझ्न सक्ने थिएनौँ।

अध्याय ५

“तिनीहरूले कस्तो घोर दुष्ट र घिनलाग्दा काम गरिरहेका छन्‌, हेर”

इजकिएलले यस्ता दृश्‍यहरू देख्छन्‌, जसबाट पूरै राष्ट्र आध्यात्मिक तवरमा खत्तम भएको कुरा प्रस्ट हुन्छ।

अध्याय ६

“तँमाथि अन्त आउनै लागेको छ”

इजकिएलको भविष्यसूचक अभिनयले यरुसलेममाथि आउन लागेको यहोवा परमेश्‍वरको क्रोधलाई सङ्‌केत गर्थ्यो।

अध्याय ७

राष्ट्रहरूले ‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’

यहोवा परमेश्‍वरको नामको निन्दा गर्ने अनि उहाँका मानिसहरूलाई दुःख दिने र भ्रष्ट बनाउने ती राष्ट्रहरू सजायबाट उम्कने थिएनन्‌। ती राष्ट्रहरूसित इस्राएलको सम्बन्धबाट हामी कस्ता व्यावहारिक पाठहरू सिक्न सिक्छौँ?

अध्याय ८

‘म एउटा गोठालो नियुक्‍त गर्नेछु’

परमेश्‍वर इजकिएललाई भविष्यका शासक र गोठालो अर्थात्‌ मसीहबारे एउटा भविष्यवाणी गर्न लगाउनुहुन्छ, जसले सदाको लागि शुद्ध उपासना पुनर्स्थापना गर्नुहुनेछ।

अध्याय ९

“म तिनीहरू सबैलाई एकजुट पार्नेछु”

निर्वासनमा परेका वफादार यहुदीहरूबारे गरिएका भविष्यवाणीहरूले आज हाम्रो लागि कुनै अर्थ राख्छ?

अध्याय १०

“तिमीहरू जिउँदो हुनेछौ”

इजकिएलले दर्शनमा बेँसीमा भएका हाडहरू फेरि जीवित भएको देख्छन्‌। यसको अर्थ के हो?

अध्याय ११

“मैले तिमीलाई . . . पहरेदार नियुक्‍त गरेको छु”

पहरेदारको भूमिका र जिम्मेवारी के हो? तिनले कस्तो चेतावनी सुनाउनुपर्छ?

अध्याय १२

“म तिनीहरूलाई एउटै जाति बनाउनेछु”

यहोवा परमेश्‍वर आफ्ना मानिसहरूलाई एउटै जाति बनाउने प्रतिज्ञा गर्नुहुन्छ।

अध्याय १३

“मन्दिरको वर्णन गरिदेऊ”

इजकिएलले दर्शनमा देखेको मन्दिरको अर्थ के हो?

अध्याय १४

“मन्दिरको व्यवस्था यही हो”

इजकिएलले दर्शनमा देखेको मन्दिरबाट निर्वासनमा रहेका यहुदीहरूले कस्ता पाठहरू सिकेको हुनुपर्छ? अनि यस दर्शनबाट आज हामी कस्तो पाठ सिक्न सक्छौँ?

अध्याय १५

“म तेरो वेश्‍यावृत्तिको अन्त गरिदिनेछु”

इजकिएल र प्रकाशको किताबमा वेश्‍याहरूबारे गरिएको वर्णनबाट हामी के सिक्न सक्छौँ?

अध्याय १६

“मानिसहरूको निधारमा चिन्ह लगाऊ”

इजकिएलको समयका वफादार मानिसहरूलाई बचाउको चिन्ह लगाइएको तरिकाले हाम्रो लागि पनि अर्थ राख्छ।

अध्याय १७

“गोग, म तँविरुद्ध खडा भएको छु”

मागोगको गोग को हो र त्यसले कुन देशमा आक्रमण गर्छ?

अध्याय १८

“मेरो क्रोध दन्कनेछ”

गोगले आक्रमण गरेपछि यहोवा परमेश्‍वरको रिस दन्कनेछ र उहाँले आफ्ना मानिसहरूलाई जोगाउनुहुनेछ।

अध्याय १९

“यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्‌”

मन्दिरबाट बगिरहेको नदीको दर्शनको पुरातन समयमा, वर्तमान समयमा र भविष्यमा हुने पूर्ति

अध्याय २०

‘आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर’

दर्शनमा परमेश्‍वरले इजकिएल र तिनीसँगै निर्वासित जीवन बिताइरहेकाहरूलाई प्रतिज्ञा गरिएको देश इस्राएलका कुलहरूमाझ भागबन्डा गर्न निर्देशन दिनुहुन्छ।

अध्याय २१

“त्यस सहरको नाम हुनेछ, ‘यहोवा त्यहाँ हुनुहुन्छ’”

सहर र त्यसको अर्थपूर्ण नामबारे इजकिएलले देखेको दर्शनबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

अध्याय २२

“परमेश्‍वरको उपासना गर”

यो प्रकाशन यहोवा परमेश्‍वरको मात्र भक्‍ति गर्ने हाम्रो अठोटलाई अझ सुदृढ पार्न तयार पारिएको हो।

हाम्रो बुझाइमा गरिएका छाँटकाँटहरूको सारांश

इजकिएलको किताबमा पाइने केही भविष्यवाणीहरूको हाम्रो बुझाइमा छाँटकाँट गरिनुको कारण के हो?

शिक्षण पेटी १क

उपासना भनेको के हो?

उपासनाको सही परिभाषा के हो? यसलाई इजकिएलको किताबमा कसरी जोड दिइएको छ? शुद्ध उपासनामा के समावेश छ?

शिक्षण पेटी १ख

इजकिएलको किताबलाई सरसरती हेर्दा

इजकिएलको किताबका विवरणहरूलाई घटनाक्रमअनुसार र विषयवस्तुअनुसार विभाजन गर्न सकिन्छ।

शिक्षण पेटी २क

इजकिएलका भविष्यवाणीहरू बुझ्नुहोस्‌

इजकिएलको किताबमा दर्शन, उदाहरण, दृष्टान्त र अभिनय पाइन्छ। यी कुराहरू भविष्यमा हुने घटनाहरूबारे परमेश्‍वरबाट आएको सन्देश थिए।

शिक्षण पेटी २ख

इजकिएल—तिनको जीवन र तिनी बाँचेको समय

इजकिएलको समयमा अरू भविष्यवक्‍ताहरू पनि थिए। तिनको जीवनकालमा इस्राएलीहरूको इतिहासमा महत्त्वपूर्ण घटनाहरू घटे।

शिक्षण पेटी ३क

बेबिलोनियासम्मको लामो यात्रा

यहुदीहरूलाई यहुदाबाट बेबिलोनको निर्वासनमा कुन बाटो भएर लगिएको हुन सक्छ?

शिक्षण पेटी ४क

‘मैले जीवहरूलाई देखेँ’

पुरातन अस्सेरिया र बेबिलोनियाभरि देखिने ठूलठूला मूर्तिहरू अनि इजकिएलले दर्शनमा देखेको चार जीवबीच कस्तो भिन्‍नता छ?

शिक्षण पेटी ५क

“हे मानिसको छोरा, तिमीले देख्यौ?”

इजकिएलले मन्दिरको चोक र मन्दिरमा चार वटा घृणित कुरा भइरहेको देख्छन्‌।

शिक्षण पेटी ६क

“आफ्नो कपाल अनि दाह्रीजुँगा खौर”

परमेश्‍वरको निर्देशन पाएर इजकिएल यरुसलेममा हुनै लागेको घटनाको भविष्यसूचक अभिनय गर्छन्‌।

शिक्षण पेटी ७क

यरुसलेम वरपरका राष्ट्रहरू

यहुदा र छिमेकी राष्ट्रहरू शक्‍तिका भोका थिए।

शिक्षण पेटी ७ख

इजकिएलको किताबमा बारम्बार चलाइएका अभिव्यक्‍तिहरू

केही खास अभिव्यक्‍ति यस भविष्यसूचक किताबमा बारम्बार चलाइएका छन्‌।

शिक्षण पेटी ८क

मसीहसम्बन्धी भविष्यवाणी—झ्याम्म परेको देवदारको ठूलो रूख

इजकिएल अध्याय १७ मा उल्लिखित अड्‌कोको अर्थ के हो?

शिक्षण पेटी ८ख

मसीहसम्बन्धी तीन वटा भविष्यवाणी

इजकिएलले भविष्यमा परमेश्‍वरका जनहरूमाथि शासन गर्ने व्यक्‍ति राजा दाउदको वंशको हुने भएकोले त्यस मुकुटमाथि ती शासकको अधिकार हुनेछ भनेर भविष्यवाणी गरे।

शिक्षण पेटी ९क

यहोवा परमेश्‍वर आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ—पुरातन समय

परमेश्‍वर इजकिएललाई छुटकारा र पुनर्स्थापनासम्बन्धी पाँच वटा प्रतिज्ञा बताउन प्रेरणा दिनुहुन्छ।

शिक्षण पेटी ९ख

इस्वी संवत्‌ १९१९ नै किन?

परमेश्‍वरका मानिसहरू महान्‌ बेबिलोनको कैदबाट इस्वी संवत्‌ १९१९ मा मुक्‍त भए भनेर किन भन्‍न सक्छौँ?

शिक्षण पेटी ९ग

यहोवा परमेश्‍वर आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ—आधुनिक समय

परमेश्‍वरले गर्नुभएका केही प्रतिज्ञा कसरी दुई चोटि पूरा भए?

शिक्षण पेटी ९घ

कैद र पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू

ख्रिष्टियन मण्डली महान्‌ बेबिलोनको कैदमा पर्दा यहुदीहरू पुरातन बेबिलोनको कैदमा लगिनेबारे गरिएका भविष्यवाणीहरूको व्यापक पूर्ति भयो।

शिक्षण पेटी ९ङ

“सबै कुरा पुनर्स्थापित हुने समय”

प्रेषित पत्रुसले ख्रिष्ट राजा नियुक्‍त हुने समयदेखि सुरु भएर हजार वर्षीय शासनको अन्तसम्म चल्ने रोमाञ्चकारी समयावधिबारे भविष्यवाणी गरे।

शिक्षण पेटी १०क

शुद्ध उपासना बिस्तारै पुनर्स्थापित हुन्छ

के-कस्ता घटनाहरूले गर्दा प्रचारकार्यको लागि बाटो खुल्यो?

शिक्षण पेटी १०ख

“सुकेका हाडहरू” र “दुई जना साक्षी”—तिनीहरू आपसमा कसरी सम्बन्धित छन्‌?

आधुनिक समयमा यी भविष्यवाणीहरू कसरी पूरा भए?

शिक्षण पेटी १०ग

फेरि आफ्नो खुट्टामा उभिन मदत

कहिलेकाहीँ हामीलाई के गरूँ कसो गरूँ हुन सक्छ र हामी क्लान्त हुन सक्छौँ। तर त्यस्तो महसुस हुँदा सुकेका हाडहरू फेरि जीवित भएको दर्शनबाट हामी बल पाउन सक्छौँ।

शिक्षण पेटी ११क

केही उदाहरणीय पहरेदार

पहरेदारहरूले खेदोको सामना गरे तर वफादार रहँदै चेतावनी अनि सुसमाचार दुवै घोषणा गरे।

शिक्षण पेटी १२क

दुइटा लौरोलाई सँगै जोड्‌ने

पुरातन समयमा र आधुनिक समयमा यी लौरोहरूले कसलाई चित्रण गर्छ?

शिक्षण पेटी १३क

फरक मन्दिर, फरक पाठ

इजकिएलले दर्शनमा देखेको मन्दिर र प्रेषित पावलले वर्णन गरेको मन्दिरबीच कस्तो भिन्‍नता छ?

शिक्षण पेटी १४क

इजकिएलले देखेको मन्दिरको दर्शनबाट सिक्न सकिने पाठहरू

इजकिएलले दर्शनमा देखेको मन्दिरबाट सिकेका कस्ता पाठहरू तपाईँ आफ्नो उपासनामा लागू गर्न सक्नुहुन्छ?

शिक्षण पेटी १५क

वेश्‍या दिदीबहिनी

ओहोलाह र ओहोलिबाहको उदाहरणले हामीलाई यहोवा परमेश्‍वरका मानिसहरू भनी दाबी गर्ने तर उहाँको पवित्र नाममा कलङ्‌क लगाउने र शुद्ध उपासनाको लागि उहाँले तोक्नुभएका स्तरहरू उल्लङ्‌घन गर्ने मानिसहरूप्रति उहाँको भावना बुझ्न मदत गर्छ।

शिक्षण पेटी १६क

के यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ?

हामीले आफ्नो बुझाइमा किन छाँटकाँट गऱ्‍यौँ?

शिक्षण पेटी १६ख

सुस्केरा हाल्दै अफसोस गर्ने, चिन्ह लगाउने र फोर्ने काम​—⁠कहिले र कसरी?

इजकिएल अध्याय ९ मा लिपिबद्ध दर्शनले यस युगको अन्त हुँदा विश्‍वस्त भई त्यसको सामना गर्न हामीलाई मदत गर्नेछ।

शिक्षण पेटी १८क

यहोवा ठूलो लडाइँको चेतावनी दिनुहुन्छ

बाइबलमा भविष्यमा हुने निर्णायक लडाइँबारे भविष्यवाणी गरिएको छ, जुन लडाइँमा यहोवा परमेश्‍वरले उहाँको विरोध गर्ने सबैलाई नाश गर्नुहुनेछ।

शिक्षण पेटी १९क

यहोवा परमेश्‍वरबाट पाइने आशिष्‌हरूको नदी

केही बाइबल लेखकहरूले यहोवा परमेश्‍वरले दिनुहुने आशिष्‌हरूबारे वर्णन गर्न नदीकै उदाहरण चलाएका छन्‌।

शिक्षण पेटी १९ख

बगिरहेको पानीको सानो धारा ठूलो भेल बन्छ!

परमेश्‍वरको पवित्र स्थानबाट बगिरहेको नदीले कुन कुरालाई सङ्‌केत गर्छ?

शिक्षण पेटी २०क

जमिनको भागबन्डा

जमिनको भागबन्डासम्बन्धी इजकिएलले देखेको दर्शन बेबिलोनमा निर्वासित जीवन बिताइरहेकाहरूको लागि मात्र नभई आज परमेश्‍वरका सेवकहरूको लागि पनि प्रोत्साहनको स्रोत हो।

शिक्षण पेटी २१क

“पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका”

परमेश्‍वरले आफ्नो निम्ति छुट्ट्याउनुभएको जमिनका पाँच भाग कुन-कुन थिए? अनि त्यसरी छुट्ट्याइनुको उद्देश्‍य के थियो?

शिक्षण पेटी २२क

अन्तिम जाँच

अन्तिम जाँचमा पास हुनेहरूको भविष्य कस्तो हुनेछ?