उत्पत्ति २:१-२५

  • परमेश्‍वर सातौँ दिनमा विश्राम गर्नुहुन्छ (१-३)

  • यहोवा परमेश्‍वर आकाश र पृथ्वी बनाउनुहुन्छ ()

  • अदनको बगैँचामा पुरुष र स्त्री (५-२५)

    • माटोबाट मानिस बनाइन्छ ()

    • निषेध गरिएको ज्ञानको रूख (१५-१७)

    • स्त्रीको सृष्टि (१८-२५)

 यसरी आकाश र पृथ्वी अनि यिनमा भएका सबै थोक सृष्टि गर्ने काम सिद्धियो।+ २  सातौँ दिन सुरु हुनुअघि परमेश्‍वरले सबै काम सिद्‌ध्याउनुभयो र सातौँ दिनमा उहाँले सबै कामबाट विश्राम लिन थाल्नुभयो।+ ३  परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्यस दिनलाई पवित्र घोषणा गर्नुभयो किनकि आफ्नो उद्देश्‍यअनुसार सबै कुरा सृष्टि गरेपछि परमेश्‍वरले सातौँ दिनदेखि विश्राम लिइरहनुभएको छ। ४  यो आकाश र पृथ्वी सृष्टि गरिएको बेलाको विवरण हो। जुन दिन* यहोवा* परमेश्‍वरले पृथ्वी र आकाश बनाउनुभयो,+ त्यस दिनको विवरण यही हो। ५  पृथ्वीमा घाँसपात, बोटबिरुवा केही थिएन किनकि यहोवा परमेश्‍वरले पृथ्वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्ने मानिस पनि थिएन। ६  तर पृथ्वीबाट कुहिरो उठ्‌थ्यो र त्यसले नै पूरै जमिन भिजाउँथ्यो। ७  यहोवा परमेश्‍वरले भूमिको माटोबाट+ मानिस बनाउनुभयो अनि तिनको नाकमा जीवनको सास+ फुकिदिनुभयो र तिनी जीवित मानिस* भए।+ ८  साथै यहोवा परमेश्‍वरले पूर्वतिर अदनमा+ एउटा बगैँचा लगाउनुभयो र आफूले बनाएको मानिसलाई+ त्यहाँ राख्नुभयो। ९  यहोवा परमेश्‍वरले हेर्नमा रहरलाग्दा अनि खानलाई मीठामीठा फल भएका हरेक किसिमको रूख भूमिबाट उमार्नुभयो। बगैँचाको बीचमा चाहिँ उहाँले जीवनको रूख+ लगाउनुभयो अनि असल र खराबको ज्ञानको रूख+ पनि लगाउनुभयो। १०  अदनबाट एउटा नदी बगेको थियो, जसले गर्दा अदनको बगैँचा सुक्खा हुँदैन थियो। त्यस नदीबाट चार वटा शाखा नदी निस्किएका थिए। ११  पहिलो नदीको नाम पिसोन हो; यस नदीले हविलाहको पूरै इलाकालाई घेरेको छ र त्यस इलाकामा सुन पाइन्छ। १२  त्यहाँको सुन असल छ। त्यहाँ गोकुल धूप* र ओनिक्स* रत्न पनि पाइन्छ। १३  दोस्रो नदीको नाम गिहोन हो; यो नदी कुस* इलाकाको वरिपरि बग्छ। १४  तेस्रो नदीको नाम हिद्देकेल*+ हो; यो नदी अस्सेरियाको पूर्वतिर बग्छ।+ अनि चौथो नदीको नाम युफ्रेटिस हो।+ १५  अदनको बगैँचाको गोडमेल र रेखदेख गर्न यहोवा परमेश्‍वरले मानिसलाई त्यहाँ राख्नुभयो।+ १६  यहोवा परमेश्‍वरले मानिसलाई यो आज्ञा पनि दिनुभयो: “बगैँचाको हरेक रूखबाट चाहेजति फल खान सक्छौ।+ १७  तर असल र खराबको ज्ञानको रूखको फलचाहिँ खाँदै नखानू किनकि जुन दिन तिमीले त्यो खान्छौ, त्यही दिन तिमी मर्नेछौ।”+ १८  त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मानिस एक्लो रहन असल छैन। म उसको लागि सुहाउने एक जना साथी बनाइदिनेछु, उनी मानिसको सहयोगी हुनेछिन्‌।”+ १९  यहोवा परमेश्‍वरले माटोबाट जातजातका जङ्‌गली जनावर र आकाशमा उड्‌ने जातजातका जीवहरू बनाउनुभयो अनि उहाँले ती सबैलाई मानिसकहाँ ल्याउन थाल्नुभयो। मानिसले ती सबैलाई के नाम दिँदा रहेछन्‌ भनेर उहाँ हेर्न चाहनुहुन्थ्यो। मानिसले तिनीहरूलाई जे-जे नाम दिए, त्यही नै तिनीहरूको नाम भयो।+ २०  यसरी मानिसले घरपालुवा जनावर, आकाशमा उड्‌ने जीव र जङ्‌गली जनावर सबैको नाम राखे तर मानिसको लागि सुहाउने सहयोगी भने कोही पनि थिएन। २१  त्यसैले यहोवा परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र तिनी निदाइरहेको बेला तिनको एउटा करङ निकालेर त्यसको ठाउँमा मासु भर्नुभयो। २२  अनि यहोवा परमेश्‍वरले मानिसबाट निकालेको करङबाट एउटी स्त्री बनाउनुभयो र त्यस स्त्रीलाई मानिसकहाँ ल्याउनुभयो।+ २३  त्यसपछि मानिसले भने: “यिनी मेरै हाडको हाड, मासुको मासु हुन्‌। यिनी नरबाट बनाइएकी हुन्‌,+ त्यसैले यिनलाई नारी भनिनेछ।” २४  यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ* र तिनीहरू एउटै शरीर हुन्छन्‌।+ २५  मानिस र तिनकी पत्नी दुवै नाङ्‌गै थिए+ तैपनि तिनीहरू लाज मान्दैनथे।

फुटनोटहरू

यसले सृष्टिका छ दिनलाई जनाउँछ।
परमेश्‍वरको बेजोड नाम יהוה (YHWH) बाइबलमा पहिलो पटक यही पदमा चलाइएको छ। अतिरिक्‍त लेख क४ हेर्नुहोस्‌।
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
मसिना पात र ससाना फूल हुने एक किसिमको रूखको सुगन्धित चोप।
वा “इथियोपिया।”
वा “टिग्रिस।”
यहाँ चलाइएको हिब्रू शब्दले गमले टाँसेजस्तै बलियोसित टाँसिनुलाई जनाउँछ।