युहन्‍नालाई प्रकाश ४:१-११

  • स्वर्गमा हुनुहुने यहोवाको दर्शन (१-११)

    • यहोवा सिंहासनमा बस्नुभएको छ ()

    • सिंहासनहरूमा बसेका २४ जना एल्डर ()

    • चार करूब ()

 त्यसपछि हेर! मैले स्वर्गमा एउटा खुला ढोका देखेँ र मैले सुनेको पहिलो आवाज बिगुलको जस्तै थियो अनि त्यसले मलाई यसो भनिरहेको थियो: “यहाँ माथि आऊ र जुन कुराहरू पछि हुनै पर्छ, ती म तिमीलाई देखाउनेछु।” २  त्यसपछि तुरुन्तै ममाथि पवित्र शक्‍तिको असर पऱ्‍यो अनि हेर! मैले स्वर्गमा एउटा सिंहासन देखेँ र त्यसमा एक जना बसिरहनुभएको थियो।+ ३  सिंहासनमा बस्नुहुनेको मुहार यशवमणि+ र लालमणिजस्तै* थियो अनि सिंहासनको चारैतिर पन्‍नाजस्तो देखिने इन्द्रेनी थियो।+ ४  त्यस सिंहासनको चारैतिर २४ वटा सिंहासन थिए र सेता लुगा लगाएका २४ जना एल्डर* ती सिंहासनहरूमा बसेका थिए+ अनि तिनीहरूको शिरमा सुनको मुकुट थियो। ५  सिंहासनबाट बिजुली चम्किरहेको थियो+ अनि आवाजहरू र गर्जनहरू निस्किरहेका थिए+ अनि सिंहासनको अगाडि आगोका सात वटा बत्ती बलिरहेका थिए, जसको अर्थ परमेश्‍वरका सात वटा शक्‍ति हो।+ ६  सिंहासनको अगाडि काँचजस्तो देखिने एउटा समुद्र थियो+ र त्यो मणिभजस्तै पारदर्शी थियो। सिंहासनको बीचमा* अनि सिंहासनको वरिपरि चार वटा जीव थिए।+ ती जीवहरूको अगाडि अनि पछाडि आँखैआँखा थिए। ७  अनि पहिलो जीव सिंहजस्तै+ र दोस्रो जीव बहरजस्तै थियो।+ तेस्रो जीवको+ मुहारचाहिँ मानिसको जस्तै थियो र चौथो जीव+ उडिरहेको चीलजस्तै थियो।+ ८  यी चार जीवका छ-छ वटा पखेटा थिए र ती पखेटाहरूको चारैतिर अनि पखेटाहरूको भित्रपट्टि आँखैआँखा थिए।+ तिनीहरू दिनरात निरन्तर यसो भनिरहन्छन्‌: “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा,* जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो आउँदै हुनुहुन्छ,+ उहाँ पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।”+ ९  जब-जब ती जीवहरूले सिंहासनमा बस्नुहुनेलाई अर्थात्‌ सदासर्वदा जीवित रहनुहुनेलाई+ महिमा, आदर अनि धन्यवाद चढाउँछन्‌, १०  तब-तब २४ जना एल्डर+ सिंहासनमा बस्नुहुनेसामु घोप्टो पर्छन्‌ र सदासर्वदा जीवित रहनुहुनेको उपासना गर्छन्‌ अनि आफ्नो शिरको मुकुट उतारेर उहाँको सिंहासनसामु राख्छन्‌ र भन्छन्‌: ११  “हे यहोवा* हाम्रा परमेश्‍वर, तपाईँ महिमा,+ आदर+ अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”

फुटनोटहरू

वा “रातो रङ्‌गको बहुमूल्य पत्थरजस्तै।”
शब्दावली हेर्नुहोस्‌।
वा “सिंहासनसँगै बीचमा।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।