हितोपदेश ६:१-३५

  • जमानी बस्दा होसियार होऊ (१-५)

  • “ए अल्छी, कमिलाकहाँ जाऊ” (६-११)

  • बेकम्मा र दुष्ट मानिस (१२-१५)

  • यहोवाले घृणा गर्नुहुने सात वटा कुरा (१६-१९)

  • पतित आइमाईदेखि होसियार बस (२०-३५)

 हे मेरो छोरा, छिमेकीले ऋण लिँदा तिमी जमानी* बसेका छौ भने+अनि अपरिचित मानिससँग तिमीले हात मिलाएका छौ भने,*+  २  आफ्नो वाचाले गर्दा फन्दामा परेका छौ भने,आफ्नो कबुलले गर्दा तिमी फसेका छौ भने+  ३  मेरो छोरा, आफूलाई छुटाउन यसो गर:आफ्नो घमन्ड त्यागेर छिमेकीकहाँ जाऊ र बिन्ती गर किनभने तिमी उसको पन्जामा परेका छौ।+  ४  तिम्रा आँखामा निद्रा पर्न नदेऊ;तिम्रा आँखा लट्‌ठिन नपाऊन्‌।  ५  सिकारीको हातबाट मृग फुत्केझैँर सिकारीको पासोबाट चरा उम्केझैँ आफूलाई छुटाऊ।  ६  ए अल्छी, कमिलाकहाँ जाऊ;+त्यसबाट सिक र बुद्धिमान्‌ होऊ।  ७  त्यसको कुनै सेनापति, हाकिम र शासक हुँदैन।  ८  तैपनि त्यसले ग्रीष्म ऋतुमा खानेकुरा जम्मा गर्छ,+कटनीको समयमा अन्‍न भण्डार गर्छ।  ९  ए अल्छी, तिमी कहिलेसम्म सुतिरहन्छौ? तिमी निद्राबाट कहिले जाग्छौ? १०  एकछिनको सुताइले, एकछिनको झुलाइलेर हात बाँधेर एकछिनको बसाइले+ ११  गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+ १२  बेकम्मा र दुष्ट मानिस बाङ्‌गो कुरा गर्दै हिँड्‌छ;+ १३  त्यसले आँखा सन्काउँछ,+ खुट्टा र हातका औँलाले इसारा गर्छ। १४  त्यसको हृदय कपटले भरिएको हुन्छ, त्यसले सधैँ षड्‌यन्त्र रच्छ+ र झगडाको बिउ रोप्छ।+ १५  त्यसमाथि अचानक आपत्‌ आइपर्नेछ; त्यो उम्कनै पाउनेछैन, त्यो नाश हुनेछ।+ १६  छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ; हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्‌: १७  घमन्डी* आँखा,+ झूट बोल्ने जिब्रो+ र निर्दोष मानिसको रगत बगाउने हात,+ १८  षड्‌यन्त्र रच्ने मन,+ खराब काम गर्न दौडिहाल्ने खुट्टा, १९  कुरैपिच्छे* झूटो बयान दिने मानिस+ र दाजुभाइबीच झगडाको बिउ रोप्ने मानिस।+ २०  हे मेरो छोरा, आफ्नो बुबाको आज्ञा मान र आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर।+ २१  त्यसलाई सधैँ आफ्नो हृदयमा राख र आफ्नो गलामा हारझैँ बाँधिराख। २२  जब तिमी हिँड्‌छौ, तब त्यो तिम्रो अघिअघि जानेछ; जब तिमी सुत्छौ, तब त्यसले तिम्रो रक्षा गर्नेछ; जब तिमी उठ्‌छौ, तब त्यसले तिमीसित कुरा गर्नेछ।* २३  ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्‌;+ ती नियमहरू तिम्रो लागि ज्योति हुन्‌;+ तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+ २४  ती कुराहरूले पतित आइमाईदेखि तिमीलाई जोगाउनेछ;+ चरित्रहीन* आइमाईको बोली सुनेर मक्ख पर्नदेखि बचाउनेछ।+ २५  त्यसको सौन्दर्य देखेर मोहित नहोऊ;+ त्यसको नशालु नयनमा तिमी लट्ठ नहोऊ। २६  वेश्‍याको मायाजालमा फस्ने मानिस दरिद्र हुन्छ,+ अर्काकी स्वास्नीको पछि लाग्ने मानिसले आफ्नो अमूल्य जीवन गुमाउँछ। २७  कसैले छातीमा आगो राख्यो भने उसको लुगा डढ्‌दैन र?+ २८  अनि कोही आगोको भुङ्‌ग्रोमा हिँड्‌यो भने उसको खुट्टा पोल्दैन र? २९  छिमेकीकी पत्नीसित सुत्ने मानिसको हालत पनि यस्तै हुन्छ; त्यस स्त्रीलाई छुने मानिस सजायबाट बच्नेछैन।+ ३०  कसैले आफ्नो भोक मेटाउन चोऱ्‍यो भने त्यस चोरलाई मानिसहरू घृणा गर्दैनन्‌। ३१  तर ऊ समातियो भने उसले सात गुणा तिर्नुपर्छ, आफ्नो घरमा भएको सारा सम्पत्ति उसले दिनुपर्छ।+ ३२  व्यभिचार* गर्ने मानिस मूर्ख* हो; त्यस्तो मानिसले आफैलाई बरबाद पार्छ।+ ३३  उसले चोट र बेइज्जतीबाहेक केही पाउँदैन,+ उसको बदनामी कहिल्यै मेटिँदैन।+ ३४  डाहले गर्दा पति रिसले आगो हुन्छ; उसले कुनै दयामाया नदेखाई बदला लिन्छ।+ ३५  उसले कुनै किसिमको क्षतिपूर्ति* स्विकार्दैन; जति नै ठूलो उपहार दिए पनि उसलाई मनाउन सकिँदैन।

फुटनोटहरू

हात मिलाउनुले वाचा बाँध्नुलाई जनाउँछ।
वा “ग्यारेन्टी।”
वा “अहङ्‌कारी।”
शा., “सासैपिच्छे।”
वा “तिमीलाई सिकाउनेछन्‌।”
शा., “विदेशी।” हितो २:१६ हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “सुझबुझ नभएको।”
शा., “फिरौती।”