सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल पढाइको योजना

बाइबल पढाइको योजना

बाइबलमा जीवन जिउने सबैभन्दा बुद्धिमानी सल्लाह पाउन सक्छौँ। यदि तपाईँले नियमित रूपमा बाइबल पढ्‌नुभयो, मनन गर्नुभयो अनि सिकेको कुरा लागू गर्नुभयो भने ‘तपाईँ सफल हुनुहुनेछ।’ (यहोसु १:८; भजन १:१-३) तपाईँले परमेश्‍वर र उहाँको छोरा येसुलाई पनि चिन्‍नुहुनेछ र त्यो ज्ञानले तपाईँलाई अनन्त जीवन दिन सक्छ।—युहन्‍ना १७:३.

बाइबलका किताबहरू कुन क्रमअनुसार पढ्‌ने भनेर तपाईँ आफैले रोज्न सक्नुहुन्छ। बाइबल पढाइको यो तालिका प्रयोग गरेर तपाईँ किताबहरूको क्रमअनुसार सिलसिलाबद्ध ढङ्‌गमा बाइबल पढ्‌न सक्नुहुन्छ वा किताबहरूको समूह छानेर पनि पढ्‌न सक्नुहुन्छ। उदाहरणको लागि, पुरातन समयमा परमेश्‍वरले इस्राएलीहरूसित कस्तो व्यवहार गर्नुभयो, त्यसको ऐतिहासिक विवरण बुझ्न रातो सङ्‌केत चिन्ह भएको भाग पढ्‌न सक्नुहुन्छ। अनि ख्रिष्टियन मण्डली कसरी स्थापना भयो र वृद्धि हुँदै गयो भनेर बुझ्न निलो सङ्‌केत चिन्ह भएको भाग पढ्‌न सक्नुहुन्छ। एक दिनमा एउटा अध्याय खण्ड पढ्‌नुभयो भने तपाईँले पूरै बाइबल एक वर्षमा सिध्याउन सक्नुहुन्छ।

यस तालिकाले तपाईँलाई दैनिक बाइबल पढाइको योजना बनाउन वा एक वर्ष भित्र बाइबल पढेर सिध्याउन मदत गर्नेछ। अथवा पहिला बाइबल पढ्‌नुभएको छैन भने पनि बाइबल पढाइ सुरु गर्न मदत गर्नेछ। यो छाप्न मिल्ने बाइबल पढाइ तालिका डाउनलोड गर्नुहोस्‌ र आजैदेखि बाइबल पढाइ सुरु गर्नुहोस्‌।