सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १०२

‘कमजोरहरूलाई मदत गर’

‘कमजोरहरूलाई मदत गर’

(प्रेषित २०:३५)

  1. १. तीनथुप्रो छ कमजोरी,

    सदा हामीमा;

    तैपनि गर्छन्‌ याह,

    अति नै माया।

    छन्‌ उनी कृपालु,

    प्रेम उनको सशक्‍त;

    पैराऔँ दीनदुःखीलाई,

    त्यै प्रेमको माला।

  2. २. बलिया देखिए नि

    कमजोर होलान्‌ ती।

    देऔँ मदत बोलीले

    निडर हुनलाई।

    याहका निर्धा जनले,

    पाउनेछन्‌ बल उनमा;

    बुझौँ तिनको वेदना,

    आँसु पुछिदेऔँ।

  3. ३. नगरौँ निन्दा तिनको,

    मनमा गुनिलेऔँ;

    देखाउँदै तिनलाई दया,

    बलियो बनाऔँ।

    मेहनती बनौँ,

    ढाडस तिनलाई दिन;

    पाउँछन्‌ सान्त्वना तिनले,

    सहायता देऔँ।