सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १४६

सब कुरा नयाँ तुल्याइयो

सब कुरा नयाँ तुल्याइयो

(प्रकाश २१:१-५)

  1. १. “चिन्ह” देखियो, याहको राज सुरु भो।

    सिंहासनमा येसु विराजमान भो।

    स्वर्गको लडाइँमा उनकै जित भो,

    धर्तीमा हुनेछ इच्छा याहको।

    (कोरस)

    रमाऊ, अब निवास याहको,

    मानिसहरू माझ भयो।

    हुनेछैन मृत्यु, पीडा फेरि

    न हुनेछ रुवाइ, दुःख केही।

    याह भन्छन्‌, ‘बनाउँछु सबथोक नयाँ।’

    यी वचनहरू पक्का।

  2. २. लौ! हेर, येसुकी दुलही आइन्‌!

    सिंगारिएर चम्किरहेछिन्‌।

    यो नयाँ यरुसलेम चोखो छिन्‌;

    तिनले ज्योति याहबाटै पाउनेछिन्‌।

    (कोरस)

    रमाऊ, अब निवास याहको,

    मानिसहरू माझ भयो।

    हुनेछैन मृत्यु, पीडा फेरि

    न हुनेछ रुवाइ, दुःख केही।

    याह भन्छन्‌, ‘बनाउँछु सबथोक नयाँ।’

    यी वचनहरू पक्का।

  3. ३. यो सहरका जन आनन्दित हुनेछन्‌।

    सधैँ यसका ढोका खुला हुन्छन्‌।

    सबै यसको ज्योतिमा हिँड्‌नेछन्‌;

    चम्काऊ त्यो ज्योति, हे याहका जन।

    (कोरस)

    रमाऊ, अब निवास याहको,

    मानिसहरू माझ भयो।

    हुनेछैन मृत्यु, पीडा फेरि

    न हुनेछ रुवाइ, दुःख केही।

    याह भन्छन्‌, ‘बनाउँछु सबथोक नयाँ।’

    यी वचनहरू पक्का।