सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १४९

विजयगान

विजयगान

(प्रस्थान १५:१)

  1. १. गाऊ याहको लागि, महिमित भयो महान्‌ नाउँ त्यो;

    समुद्रमा फालिए मिश्री शत्रुहरू।

    महान्‌ यहोवा,

    को छ र उनीभन्दा उच्च!

    यहोवा नाउँ उनको;

    विजयी भए उनी।

    (कोरस)

    हे सर्वोच्च यहोवा पिता,

    परिवर्तन हुन्‍नौ कैल्यै तिमी।

    नामेट पार्नेछौ शत्रुलाई चाँडै,

    चोख्याउनेछौ आफ्नो नामलाई।

  2. २. सर्वोच्च याहको विरोध गर्दछ संसार ऐले;

    शक्‍तिशाली छन्‌ होला तर पर्छन्‌ लाजमा।

    पर्खिरहेछ,

    आरमागेडोनले यो संसारलाई।

    जान्‍नेछन्‌ सबैले

    सर्वोच्च हुन्‌ याह नै।

    (कोरस)

    हे सर्वोच्च यहोवा पिता,

    परिवर्तन हुन्‍नौ कैल्यै तिमी।

    नामेट पार्नेछौ शत्रुलाई चाँडै,

    चोख्याउनेछौ आफ्नो नामलाई।