सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १५६

विश्‍वासको आँखाले

विश्‍वासको आँखाले

(भजन २७:१३)

  1. १.याह छन्‌ साथ मेरो,

    छैन है डर कसैको।

    न सिंहदेखि भाग्छु,

    न कतै म लुक्छु;

    याह नै मेरो साहारा।

    (कोरस)

    विश्‍वासैले, देख्छु आशाको किरण।

    विश्‍वासैले, देख्छु म याहलाई।

    बलियो म हुनेछु,

    साथ याहको पाउनेछु।

    निडर भै’ अघि म बढ्‌नेछु,

    विश्‍वासैले।

  2. २.याहका ती वफादार जन,

    गरे हर आज्ञा पालन।

    खेदो सहे कति,

    याहमा भर परी।

    इनाम पाउन जिउँछन्‌ फेरि।

    (कोरस)

    विश्‍वासैले, देख्छु आशाको किरण।

    विश्‍वासैले, देख्छु म याहलाई।

    बलियो म हुनेछु,

    साथ याहको पाउनेछु।

    निडर भै’ अघि म बढ्‌नेछु,

    विश्‍वासैले।

    (ब्रिज)

    विश्‍वासैले, डाँडै सार्न सक्छु;

    आशामा नै रम्न सक्छु।

    आँधीहुरी सबै सहन

    सक्छु म। विश्‍वासैले,

    सक्छु जित्न।

  3. ३.देख्छु म सुन्दर संसार;

    याहको उपहार।

    आउँछ त्यो पक्का,

    गर्नेछैन ढिला;

    यहोवा हुनेछन्‌ विजयी।

    (कोरस)

    विश्‍वासैले, देख्छु आशाको किरण।

    विश्‍वासैले, देख्छु म याहलाई।

    बलियो म हुनेछु,

    साथ याहको पाउनेछु।

    निडर भै’ अघि म बढ्‌नेछु,

    विश्‍वासैले।

    विश्‍वासैले।

(हिब्रू ११:१-४० पनि हेर्नुहोस्‌।)