सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ५२

ख्रिष्टियन समर्पण

ख्रिष्टियन समर्पण

(हिब्रू १०:७, ९)

  1. १. विशाल रचना चराचर

    याहकै हातको काम,

    उपज हुन्‌ यी सबै उनको,

    धर्ती गगनको सान।

    जीवनको सास दिएर,

    स्वामी भए सबको;

    योग्य छन्‌ उनी गुनगानको,

    इस्तुति र भक्‍तिको।

  2. २. बप्तिस्मा लिई येसुले,

    थाले काम याहको।

    पुकारेर भने याहलाई:

    ‘इच्छा गर्छु तिम्रो।’

    यर्दनबाट जब निस्के

    अभिषिक्‍त बनी;

    समर्पित भए यहोवामा,

    तनमन नै अर्पण गरी।

  3. ३. महान्‌ याहको प्रशंसा,

    गर्न खडा हामी।

    इन्कार आफूलाई गरेर

    समर्पित छौँ हामी।

    एक मात्र छोरा पठायौ,

    जसले मोल चुकायो।

    जिऔँ या मरौँ तिमीमा नै,

    अर्पण छ यो ज्यान हाम्रो।