सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ७३

साहस हाम्रो बढाइदेऊ

साहस हाम्रो बढाइदेऊ

(प्रेषित ४:२९)

  1. १. तिम्रो नामको साक्षी दिँदा,

    राज्य सन्देश सुनाउँदा

    बाधा विरोध धेरै आउँछन्‌;

    हाम्रो उपहास गर्छन्‌।

    चाहन्छौँ निडर हुन,

    वचन तिम्रो पालन गर्न।

    माग्छौँ हे याह तिम्रो शक्‍ति,

    सुन न हाम्रो यो बिन्ती।

    (कोरस)

    साहस हाम्रो बढाइदेऊ,

    सकौँ डर हटाउन।

    आत्मविश्‍वास बढाइदेऊ,

    सकौँ सन्देश सुनाउन।

    आरमागेडोन छ नजिकै

    तर त्यो दिन नआउन्जेल

    साहस हाम्रो बढाइदेऊ;

    गर्छौँ बिन्ती।

  2. २. डराएका हुन सक्छौँ,

    हामी धुलो मात्र हौँ।

    तिमीले दिने मदतमा

    गर्न सक्छौँ भरोसा।

    सताउने, दोष लाउनेले

    दिने धम्कीमा ध्यान देऊ।

    साहसी भै बोलिरहन

    सहायता दिइरहनू।

    (कोरस)

    साहस हाम्रो बढाइदेऊ,

    सकौँ डर हटाउन।

    आत्मविश्‍वास बढाइदेऊ,

    सकौँ सन्देश सुनाउन।

    आरमागेडोन छ नजिकै

    तर त्यो दिन नआउन्जेल

    साहस हाम्रो बढाइदेऊ;

    गर्छौँ बिन्ती।

(१ थिस्स. २:२; हिब्रू १०:३५ पनि हेर्नुहोस्‌)