सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ०२

बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छ

बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छ

संसारभरिका मानिसहरू विभिन्‍न समस्याको सामना गर्दै छन्‌। ती समस्याहरूले गर्दा तिनीहरू दुःखी र चिन्तित छन्‌ अनि पीडा पनि भोग्दै छन्‌। के तपाईँले पनि कुनै अवस्थाले गर्दा त्यस्तै महसुस गर्नुभएको छ? तपाईँ बिरामी पर्नुभएकोले अथवा तपाईँले माया गर्ने व्यक्‍तिको मृत्यु भएकोले दुःखी हुनुहुन्छ कि? तपाईँलाई यस्तो लागिरहेको होला, ‘के मेरो जीवनमा राम्रो दिन आउला?’ बाइबलको जवाफले तपाईँलाई आशा दिन्छ।

१. बाइबलले भविष्यको लागि कस्तो आशा दिन्छ?

बाइबलले यो संसारमा समस्या नै समस्या हुनुको कारणबारे मात्र बताउँदैन। तर यी समस्याहरू सधैँभरि रहनेछैनन्‌ बरु चाँडै हट्‌नेछन्‌ भन्‍ने राम्रो सन्देश पनि दिन्छ। बाइबलका प्रतिज्ञाहरूले हामीलाई “उज्ज्वल भविष्य र आशा” दिन्छ। (यर्मिया २९:११, १२ पढ्‌नुहोस्‌।) ती प्रतिज्ञाहरूले हामीलाई अहिले भोगिरहेका समस्याहरूसित जुझ्न, सकारात्मक सोचाइ राख्न र सधैँभरि आनन्दित हुन मदत गर्छ।

२. बाइबलले भविष्यबारे के भन्छ?

बाइबलको प्रतिज्ञाअनुसार भविष्यमा “मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।” (प्रकाश २१:४ पढ्‌नुहोस्‌।) मानिसहरूलाई गरिबी, अन्याय, रोगबिमार र मृत्युजस्ता समस्याले गर्दा कुनै आशा नै छैन जस्तो लाग्न सक्छ। तर भविष्यमा यस्तो कुनै पनि समस्या हुनेछैन। पूरै पृथ्वी सुन्दर बगैँचा बनाइनेछ र त्यहाँ मानिसहरू सधैँभरि आनन्दित भई बाँच्नेछन्‌ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ।

३. बाइबलका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भनेर तपाईँ कसरी पक्का हुन सक्नुहुन्छ?

धेरैजसो मानिसले सबै कुरा राम्रो होस्‌ भनेर आशा गर्छन्‌ तर तिनीहरूलाई आफ्नो आशा पूरा हुन्छ जस्तो लाग्दैन। बाइबलका प्रतिज्ञाहरू भने अवश्‍य पूरा हुनेछन्‌। हामीले “होसियारीसाथ . . . धर्मशास्त्र” जाँच्यौँ भने यसमा गरिएका प्रतिज्ञाहरू सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का हुन सक्छौँ। (प्रेषित १७:११) बाइबल अध्ययन गर्दै जाँदा त्यसमा भविष्यबारे लेखिएका कुराहरूमा विश्‍वास गर्ने कि नगर्ने भनेर तपाईँ आफैले निर्णय गर्न सक्नुहुनेछ।

अझ खोतल्नुहोस्‌

बाइबलमा भविष्यबारे गरिएका केही प्रतिज्ञा केलाउनुहोस्‌। बाइबलले दिने आशाले अहिले मानिसहरूलाई कसरी मदत गर्दै छ, थाह पाउनुहोस्‌।

४. बाइबलले कुनै समस्याविना सधैँभरि बाँच्न सकिन्छ भन्‍ने आशा दिन्छ

तल दिइएका बाइबलका प्रतिज्ञाहरू हेर्नुहोस्‌। यीमध्ये तपाईँलाई सबैभन्दा धेरै मन परेको चाहिँ कुन-कुन हुन्‌? किन?

ती प्रतिज्ञाहरूसँगै उल्लेख गरिएका बाइबल पदहरू पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  • के यी बाइबल पदहरूले तपाईँलाई आशा दिन्छ जस्तो लाग्छ? तपाईँको परिवार र साथीभाइलाई नि?

यस्तो संसारमा बाँचेको कल्पना गर्नुहोस्‌, जहाँ

कसैले . . .

सबैले . . .

  • दुःखको आँसु झार्नुपर्नेछैन, ढल्कँदो उमेरसँगसँगै आउने समस्याहरूको सामना गर्नुपर्नेछैन वा मृत्यु भोग्नुपर्नेछैन।—यसैया २५:८.

  • मरिसकेका प्रियजनहरू यसै पृथ्वीमा फेरि जीवित भएर आएको देख्नेछन्‌।—युहन्‍ना ५:२८, २९.

  • स्वस्थ शरीर र युवावस्थाको जस्तै बल पाउनेछन्‌।—अय्युब ३३:२५.

  • युद्धले गर्दा हुने दुःखकष्ट झेल्नुपर्नेछैन। —भजन ४६:९.

  • चिन्ता-फिक्री वा तीतो सम्झनाले गर्दा पीडा महसुस गर्नुपर्नेछैन।—यसैया ६५:१७.

  • सधैँभरि सुखमय जीवन बिताउनेछन्‌।—भजन ३७:२९.

५. बाइबलका प्रतिज्ञाहरूले आशा दिन्छन्‌

अहिले भइरहेका समस्याहरू देखेर धेरैजसो मानिस निराश छन्‌ र कतिपय त रिसले चुर भएका छन्‌। कोही-कोही अहिलेको अवस्था सुधार्न आफै लागिपर्छन्‌। मानिसहरूले भविष्यमा सबै कुरा राम्रो हुनेछ भन्‍ने बाइबलको प्रतिज्ञाबारे थाह पाउँदा अहिले कस्तो लाभ उठाएका छन्‌, हेर्नुहोस्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यस भिडियोमा देखाइएकी राफिकालाई कस्तो अन्याय पटक्कै चित्त बुझेन?

  • आफूले देखिरहेको अन्याय नहटे तापनि तिनले बाइबलबाट कस्तो मदत पाइन्‌?

बाइबलमा पाइने उज्ज्वल भविष्यको आशाले हामीलाई निराशासित लड्‌न र समस्याहरूसित जुझ्न मदत गर्छ। हितोपदेश १७:२२ रोमी १२:१२ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के बाइबलमा पाइने आशाले अहिले पनि तपाईँको जीवनलाई राम्रो बनाउँछ जस्तो लाग्छ? किन?

कोही-कोही भन्छन्‌: “बाइबलमा पाइने उज्ज्वल भविष्यको प्रतिज्ञा ‘आकाशको फल आँखा तरी मर्‌’ भनेझैँ हो।”

  • तपाईँ आफैले प्रमाणहरू केलाउनु किन महत्त्वपूर्ण छ?

सारांश

बाइबलमा पाइने उज्ज्वल भविष्यको प्रतिज्ञाले हामीलाई आशा दिन्छ। यसले अहिले समस्याहरूसित जुझ्न पनि मदत गर्छ।

तपाईँले के सिक्नुभयो?

  • मानिसहरूलाई किन आशा चाहिन्छ?

  • बाइबलमा भविष्यबारे कस्तो प्रतिज्ञा गरिएको छ?

  • उज्ज्वल भविष्यको आशाले तपाईँलाई अहिले कसरी मदत गर्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

आशाको महत्त्वबारे अझ धेरै बुझ्नुहोस्‌।

“आशा—तपाईँ कहाँ पाउन सक्नुहुन्छ?” (ब्यूँझनुहोस्‌!, मे ८, २००४)

भविष्यको आशाले गम्भीर रोग लागेका मानिसहरूलाई कसरी मदत गर्न सक्छ, बुझ्नुहोस्‌।

“गम्भीर रोग लाग्दा—के बाइबलले मदत गर्न सक्छ?” (jw.org को लेख)

यो म्युजिक भिडियो हेर्दा भविष्यमा पूरै पृथ्वी सुन्दर बगैँचा बनेपछि तपाईँ र तपाईँको परिवार त्यहाँ रमाइरहेको कल्पना गर्नुहोस्‌।

कल्पना गर (३:३७)

बाइबलमा पाइने भविष्यको आशाबारे थाह पाएपछि एक जना अधिकारकर्मीको जीवनमा कस्तो परिवर्तन आयो, पढ्‌नुहोस्‌।

“संसारको नराम्रो अवस्थालाई राम्रो बनाउन मैले नै केही गर्नुपर्छ जस्तो अहिले मलाई लाग्दैन” (प्रहरीधरहरा, जुलाई १, २०१३)